संसद बैठक चल्न दिने कांग्रेसको निर्णय

माघ २८, काठमाडौं । नेपाली कांग्रेसका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक मंगलबार भने सञ्चालन हुने भएको छ ।  कांग्रेसले आजको संसद बैठक चल्न दिने निर्णय गरेको छ ।  

कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले आजको बैठक अवरुद्ध नगर्ने निर्णय गरेको सांसद डा. डिला संग्रौलाले जानकारी दिइन् । 

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विषयलाई लिएर अहिलेसम्म कांग्रेसले तीन पठक सदन अबरुद्ध गरिसकेको छ । 

बैठकको सुरुमा आफ्नो कुरा राख्ने र संसद सञ्चालन हुन दिने सूचना सभामुखलाई दिन लागेको डा संग्रौलाले जानकारी दिइन् ।   

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *