बेपत्ता बालक खोलामा मृत अवस्थामा फेला

सर्लाही, भदौ ६ । सर्लाहीको कर्मैयामा बागमती खोलाले बगाएर बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन् । हिजोसाँझ आमासँगै नुहाउन गएका बेला खोलाले बगाएर बेपत्ता भएका ८ वर्षीय बालक सुशान्त मगर सर्लाहीको राजघाटमा आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

मृतक बालक बागमती नगरपालिका–४ कर्मैया नयाँबस्तीका शंकर मगरका छोरा रहेको प्रहरीचौकी राजघाटले जनाएको छ । यसैबीच सर्लाहीको हरिपुर नगरपालिका–७ चिताईनमा खाल्डोमा डुबेर एक जनाको ज्यान गएको छ । अर्घाखाँची घर भएका ३२ वर्षीय दीपक थापाको पाँचकुमारी खोलामा खाल्डोमा डुबेर ज्यान गएको स्थानीयले बताएका छन् । थापा चिताईनमा रहेको एक चाउमिन उद्योगमा मजदुरको रुपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =