भक्तपुर क्यान्सर अस्पतालमा झडप, उपकरण खरिदमा अनियमितताको आरोप

मंसिर ८, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो ।   

अनियमितता गरेको आरोप लगाउँदै नेमकिपा नेतृत्वको भक्तपुर नगरपालिकाले नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा नयाँ व्यवस्थापन समिति गठन गरेको थियो । यसमा सत्तारुढ नेकपा र नेपाली कांग्रेसले आपत्ति जनाउँदै आएका थिए ।   

अस्पताल व्यवस्थापन समितिको नेतृत्वमा रहेको संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, महासचिव विमलकुमार होडालगायतले अस्पतालमा उपकरण खरिद र सञ्चालन, फार्मेसी सञ्चालन र सफाइ कर्मचारी नियुक्तिमा अनियमितता गरेको आरोप छ । 

Image result for भक्तपुर क्यान्सर अस्पताल

अस्पताल सञ्चालन गर्दै आएको नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै अनियमितता भए आफूहरुमाथि छानविन तथा कारवाही गर्न आग्रह गरेका थिए । अस्पतालमा अनियमितता भए छानबिन हुनुपर्नेमा मेयरले पार्टीगत रुपमा एकलौटी नेतृत्व हत्याउने कोशिस भएको कांग्रेसको आरोप थियाे ।  

भक्तपुर क्यान्सर अस्पताल संस्था दर्ता ऐन, ०३४ अन्तर्गत गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएको नेपाल अर्बुद रोग निवारण संस्थाले दाताको सहयोगमा सञ्चालन गरेको सामुदायिक अस्पताल हो । संस्थाको विधानअनुसार ४२ जिल्ला शाखासमेत रहेको संस्थाको अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको अध्यक्ष स्वतः रहने व्यवस्था छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *