नेपालगन्ज बसपार्क पुन निर्माणको कार्यमा लापरवाही
२०७४ जेठ १५ गते

नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको बसपार्क पुन निर्माणको कार्यमा लापरवाही देखिएको छ । मध्यपश्चिम क्षेत्रकै औद्योगिक नगरी भनेर चिनीने नेपालगन्ज बजारमा अत्याधुनिक बसपार्क निर्माण कार्यमा चरम लापरवाही देखिएको छ ।
निर्माण कार्य सक्नुपर्ने मिति नजिकिदै गर्दा पनि निर्माणको कार्यमा लापरवाही देखिने समस्या रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो । निर्माण कम्पनीसँग भएको सम्झौता अनुरुप १५ महिना भित्र निर्माण कार्य सक्ने गरी कामको सुरुवातको थालनी भएको थियो ।
अब्यवस्थित रुपमा संचालित नेपालगन्जको बसपार्कलाई अध्याधुनिक सुविधा सम्पन्न बनाउन १५ महिना भित्रको सम्झौता भएपनि सम्झौता भएको महिना अवधिमा पुरा हुने संकेत नदेखिएको स्थानियले बताउदै आएका छन् । २० करोड रुपैयाँको लागतमा १५ महिना भित्र निर्माण सम्पन्न हुने बसपार्क निर्माणमा विभिन्न कारणले गती लिन सकेको छैन । सवारी साधनलाई पार्किंग गर्न सहज हुने र यात्रीहरूलाई सुविधासम्पन्न बसपार्कको अनुभव गराउनका लागि १५ महिना भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि ठेकेदारले समयमा काम नगर्दा बसपार्क निर्माणको काममा ढिलाइ भएको हो ।
करिब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले पश्चिम नेपालकै केन्द्रका रूपमा रहेको नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माणका लागि यातायात व्यवसायी पनि दबाव बनाउँदै आएका थिए । हरेक गाडीबाट दैनिक २० रुपैयाँ देखि सय रुपैयाँ सम्म शुल्क उठाउदै आएको बसपार्कमा अत्याधुनिक सेवा सुविधा दिन थालेपछि सेवा शुल्क बढाउने सहमति भइसकेको हो । यातायातका साधनबाट असूली हुने रकमबाट नै ऋण तिर्ने उपमहानगर–पालिकाको योजना छ । बसपार्कबाट राजधानी लगायत पूर्व–पश्चिम तथा उत्तर तर्फ गरी दैनिक ४ सय बढी साना ठूला बसहरू संचालनमा रहेका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








