राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मनोनय दर्ता

पुष २०, काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । 

राष्ट्रियसभामा रिक्त हुन लागेका १९ मध्ये १८ पदका लागि माघ ९ गते निर्वाचन गर्ने गरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।   

एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैङ्क भौचर पेश गर्नुपर्ने छ ।  त्यस्तै उम्मेदवारले १० हजार धरौटी बुझाउनु पर्ने छ । 

महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा भने सो धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ । 

राष्ट्रियसभामा नेकपाका ८, काँग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुई वर्षे कार्यकाल फागुन २१ मा सकिदैछ । 

कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =