सबैको मुहारमा हाँसो छरेर गइन् सुष्मा !

काठमाडौं, माघ १९ । हठात् दुई दिने नेपाल यात्रामा आएकी सुष्मा स्वराजले सबै दललार्इ खुुसी बनाएकी छिन् । शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँको भेटसँगै भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमणको कार्यतालिका सकिएको छ । प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा दिवाभोज दिएसँगै उनी आजै स्वदेश फर्किनेछिन् ।

बिहीबार नेपाल आएकी उनले लगत्तै एमाले अध्यक्षशर्मा ओलीबाट राजनीतिक भेटवार्ता राजनीतिक भेटवार्ता थालेकी थिइन् । त्यसपछि साँझ एमालेले उनलाई काठमाडौंको होटल सोल्टीमा रात्रीभोजको आयोजना गर्यो । जहाँ अध्यक्ष ओलीसँगै रहेका एमालेका अरु नेताहरुसँग स्वराजले सामूहिक राजनीतिक छलफलसँगै ओलीलाई निर्वाचनमा प्रथम दल बनेको र भावी प्रधानमन्त्री भन्दै बधाइ दिएकी थिइन् । छलफलका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाइ सन्देश पनि स्वराजले दिइन् ।

सोल्टी होटलको बसाइपछि शुक्रबार विहान स्वराजले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिन् । प्रचण्डसँगको भेटघाटपश्चात् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरिन् । त्यसपछि राष्ट्रपति निवास शितलनिवास पुगिन् र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि केही समयसम्म बात् मारिन् ।

यसअघि बिहीबार साँझ नै राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुसँग राजनीतिक भेटघाट गरेकी उनले करि ४० मिनेट सामुहिक कुराकानी गरेकी थिइन् । कुराकानीका क्रममा राजनीतिक विषय भन्दा पनि मधेसको विकाससम्बन्धी भावी योजनाबारेमा कुराकानी गरिएको स्रोत बताउँछ । राजनीतिक गफ गर्ने क्रममा २ नम्बर प्रदेशमा राजपा र फोरमले राम्रो चुनावी परिणाम ल्याएकोमा सुष्माले बधाइ मात्रै दिएकी थिइन् ।

त्यसपछि अन्तिममा राजपाले फोरमसँग जसरी हुन्छ मिलेर अघि बढ्न शुभकामना दिँदै कुराकानीलाई अन्तिम रुप दिएकी थिइन् । सोल्टी होटलको उक्त राजनीतिक भेटघाटका क्रममा राजपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव लगायत उपस्थित भएका थिए । कुराकानीको बीचमा स्वराजले राजपाका सबै नेतालाई आफ्नो तर्फबाट चाहिने सहयोगको कुनै चिन्ता नलिन बरु सरकार निर्माणमा विशेष ध्यान दिन अनुरोध गरेकी थिइन् ।

यसरी विदेशमन्त्री सुष्मा स्वराजसँग भेटघाटले दुई देशको सम्बन्धमा अझ सुमधुर सिर्जना गराएको भन्दै राजनीतिक दलहरु खुसी देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =