लुम्बिनी क्वाटर फाइनलमा
२०७६ पुस ८ गते

पुस ८, काठमाडाैँ । लुम्बिनी पाँचौं नेफ–साइपाल अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले गोल्डेन पिकलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्यो ।
उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा हिमरश्मीले पिस प्वाइन्ट ‘ए’ लाई १–०, त्रिकोणले कौशललाई ५–०, पशुपतिले पिस प्वाइन्ट ‘बी’ लाई ३–२, विनायकले नेक्सस्लाई १–० र टीआईएले जोसेफलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा स्थान पक्का गरे ।
२०७६ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित








