लुम्बिनी क्वाटर फाइनलमा

पुस ८, काठमाडाैँ ।  लुम्बिनी पाँचौं नेफ–साइपाल अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले गोल्डेन पिकलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्यो । 

उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा हिमरश्मीले पिस प्वाइन्ट ‘ए’ लाई १–०, त्रिकोणले कौशललाई ५–०, पशुपतिले पिस प्वाइन्ट ‘बी’ लाई ३–२, विनायकले नेक्सस्लाई १–० र टीआईएले जोसेफलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा स्थान पक्का गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =