पुराना सवारी साधन मुक्त काठमाण्डौ बनाउने तयारी भइरहेको डिआइजी खनालको भनाइ

काठमाडौं, कात्तिक १७ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले उपत्यका भित्र पुराना सवारी साधन सञ्चालनमा रोक लगाउने तयारी भइरहेको बताउनुभयो । रफत सञ्चार क्लव भत्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै डीआईजी खनालले उपत्यकामा पुराना सवारी सञ्चालनमा रोक लगाइने बताउनुभएको हो ।

उहाँले पुराना सवारी साधनका कारण ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको बताउनुभयो । उपत्यकाको सडक अवस्था ठिक नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या थपिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + three =