एक्कासी चिसो बढ्नुको यस्तो रहेछ कारण

काठमाडौं, पुस २० ।  साँझ परेपछि वायुमण्डललाई छेक्ने कुनै पनि किसिमको बादल विकास नभएर आकाश छ्यांग खुल्दा काठमाडौंसहित मुलुकभर एक्कासि चिसो बढेको छ ।

आकाश खुला भएर शीत र तुसारोको मात्रा बढेपछि चिसो ह्वात्तै बढेको हो ।  बिहान-दिउँसो घाम लागेर जमिन ताते पनि साँझ परेपछि आकाशतर्फ फर्कने ‘लङ वेव रेडिएसन’ वायुमण्डलतर्फ जाने भएकाले एक्कासि चिसो महसुस गरिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए ।

‘आकाश खुला नभएको अवस्थामा पृथ्वीमा रहेको तापक्रम कमै मात्र वायुमण्डलमा फर्किन्छ ।’ उनले भने, ‘तर हिजो आज आकाश प्रष्ट रुपमा खुला भएकाले साँझ परेपछि जमिनको तापक्रम सीधै वायुमण्डलमा फर्किने गरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =