प्रदेश मन्त्री लामालाई पत्नी शोक
२०७६ असार २१ गते

चितवन, २१ असार । प्रदेश ३ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई पत्नि शोक परेको छ । मन्त्री लामाकी पत्नि ५८ वर्षिया कान्छिमाया लामाको आज बिहान निधन भएको हो । लामा क्यान्सर रोगबाट पीडित थिइन ।
लामाको बिहान ४ बजे मन्त्री क्वाटरमै निधन भएको उनका ज्वाइँ सुरज थपलियाले जानकारी दिए । चितवन राप्ती नगरपालिका ४ निवासी स्वर्गीय लामाको आजै अन्तिम दाहसंकार गरिने जनाइएको छ ।
२०७६ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








