प्रदेश मन्त्री लामालाई पत्नी शोक

चितवन, २१ असार । प्रदेश ३ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई पत्नि शोक परेको छ । मन्त्री लामाकी पत्नि ५८ वर्षिया कान्छिमाया लामाको आज बिहान निधन भएको हो । लामा क्यान्सर रोगबाट पीडित थिइन । 

लामाको बिहान ४ बजे मन्त्री क्वाटरमै निधन भएको उनका ज्वाइँ सुरज थपलियाले जानकारी दिए । चितवन राप्ती नगरपालिका ४ निवासी स्वर्गीय लामाको आजै अन्तिम दाहसंकार गरिने जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =