तामिल फिल्म ‘विवेगम’ ले बनायो नयाँ रेकर्ड

एजेन्सी । दक्षिण भारतका सुपरस्टार अजीत कुमारको तामिल फिल्म ‘विवेगम’ ले वर्षकै उत्कृष्ट फिल्म ‘बाहुबली २’ को रेकर्ड तोड्दै व्यापार गरिरहेको छ । फिल्म रिलिज भएको ४ दिनमै यसले पुरानो फिल्मको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउँदै गएको हो ।
फिल्मले चेन्नईको बक्स अफिसमा पहिलो हप्ता नै रेकर्डतोड व्यापार गरेको छ । शनिवारसम्म फिल्मको कमाई ६७.९२ करोड पुगेको थियो। यो फिल्म यस वर्षको पहिलो हप्तामा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । फिल्मको पहिलो दिनको कमाई २५.८३ करोड भारतीय रुपैयाँ रहेको छ ।

फिल्मले देश बाहिरबाट ४ दिनमा ६८ करोड भारतीय रुपैयाको व्यापार गरेको छ । ‘बाहुबली २’ ले चेन्नईमा ३ दिनमा ३.२४ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको थियो भने ‘विवेगम’ले ४.२८ करोड भारतीय रुपैयाँ कमाएको थियो ।
‘विवेगम’ तामिल फिल्मको पहिलो अन्तर्राष्ट्रिय स्पाइ थ्रिलर हो । यस फिल्मको निर्देशक शिवा हुन् । फिल्ममा विवेक ओवराय, अक्षरा हासन र काजल अग्रवालको अभिनय रहेको छ । विवेक ओवराय खलनायकको भूमिकामा छन् ।फिल्मको कमाई दिनप्रतिदिन बढ्दै गएको छ र यसको चर्चा पनि चुलिएको छ।








