गणतन्त्रको संरक्षण वामपन्थीबाट मात्र हुन्छः नेता अधिकारी

काठमाडौं, कात्तिक २८ । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारीले वाम गठबन्धनले दुईतिहाई ल्याएपनि अहिलेको शासन व्यवस्था परिवर्तन नहुने बताउनुभएको छ ।

कास्कीको क्षेत्र नं १ को रिठ्ठेपानी र अर्घौँअर्चलेमा आयोजित छुट्टाछुट्टै चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयाे –“संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संरक्षण वामपन्थीबाट मात्र हुन्छ ।”

नेता अधिकारीले कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अर्घौँअर्चलेलाई साहित्यिक पर्यटकीयस्थल बनाउन आपूmले पहल गर्ने बताउनुभयो ।

प्रदेशसभा क्षेत्र नं १ (क) का उम्मेदवार दीपक कोइरालाले स्थिर सरकार र सुन्दर भविष्यका लागि वाम गठबन्धनको जित आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

रासस सञ्चालक समितिका पूर्वअध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार कोमलनाथ बराल र एमाले नेता श्रीनाथ बरालले आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धनको विजय आवश्यक रहेको छ भन्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =