मकालु खबरलाई विश्वसनीय सूचना संप्रेषण गर्ने सञ्चार माध्यम बनाईने


जेठ, २८ काठमाडौँ । शुलभ मिडिया प्रा.लि.को प्रकाशक/प्रधानसम्पादकमा केशव सापकोटा नियुक्त हुनुभएको छ । आज प्रा.लिई.को कार्यालयमा आयोजित अनौपचारिक कार्यक्रममा सापकोटा प्रवेश गर्नुभएको हो ।
विगत सात वर्ष देखि सञ्चारक्षेत्रमा क्रियाशील सापकोटालाई प्रा.लिई.का अध्यक्ष फिलिप डी.सी. र सम्पादक/प्रबन्धनिर्देशक CR बस्नेत तथा प्रा.लिई.का कम्प्युटर प्रोगामर टुरुप संग्रौला लगायत प्रा.लिई.का पदाधिकारीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रकाशक सापकोटाले कम्पनीलाई सञ्चार क्षेत्रमा छुट्टै पहिचान दिन लागिपर्ने बताउनु भयो । उहाँले मकालु खबर डटकमलाई अनलाइन सञ्चारमाध्यममा उत्कृष्ठ बनाउन सबै सञ्चारकर्मीसँग हातेमालो गरेर अघि बढ्ने बताउनु भयो ।


कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष फिलिप डी.सी.ले आउँदो तीन महिनामा मकालु खबर डटकमलाई देशकै उत्कृष्ठ अनलाइन पोर्टल बनाउने उद्घोष गर्नुभयो । ‘डिजिटल मिडियामा मकालु खबरलाई विश्वसनीय सूचना संप्रेषण गर्ने सञ्चार माध्यममा विकास गरिनेछ ।’ उहाँले बताउनु भयो ।
भर्खरै सञ्चालनमा आएको मकालु खबर डटकमले देशविदेशका ताजा समाचार राजनीतिक विश्लेषण, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा विकास पत्रकारिता र खोज पत्रकारितालाई प्राथमिकता दिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 17 =