तीन वर्षीय बालकको चिसो लागेर मृत्यु
२०७४ जेठ १५ गते

“गौशाला, पुुस २७ । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण एक तीनवर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनरा सिस्वा नगरपालिका–५ बस्ने रञ्जीत ठाकुरका छोरा तीन वर्षीय मोहित ठाकुर रहेको मृतकका हजुरआमा प्रेमा देवीले बताईन् ।
लगातारको असहनीय जाडोकाबीच चार/पाँच दिन अगाडि आफ्नै घर अगाडि खेलिरहेका बालक ठाकुर चिसो लागेर अचानक बिरामी भई लडेका थिए । चिसो लागेर बिरामी भएका बालक ठाकुरलाई परिवारजनले तत्कालै भारत बिहारको सीतामढी जिल्लाको पुपरी लगेर उपचार गराएका थिए ।
तर त्यहाँ पनि उनलाई सञ्चो नभएपछि भारतकै सिमरी थप उपचारका लागि लगिएको र त्यहीँको उपचार चलिरहेकै बेला बुधबार पुनः अत्यधिक चिसोले उनको श्वासप्रश्वास अवरुद्ध भएर घरमै मृत्यु भएको उनकी हजुरआमा प्रेमा देवीले बताए ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








