मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु
२०७६ चैत ९ गते

चैत ९, काठमाडौं । काभ्रेको बनेपामा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
बनेपा नगरपालिका-१३ मा बा ५ ख २३९० नम्बरको मिनि ट्रकले बा ५७ प ७२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको हो । ठक्करबाट उदयपुर रौतमाई गाउँपालिका-४ का ३५ वर्षीय मिनबहादुर श्रेष्ठ र ५ बर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मिनबहादुरकी श्रीमती सुनिता श्रेष्ठको स्थानीय शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको मिनि ट्रकले काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
null
२०७६ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








