कांग्रेस र एमालेको मेयर छान्न सकस

चन्द्रनिगाहपुर । नेपाली कांग्रेस र नेकपा एमालेले चन्द्रपुर नगरपालिकाको मेयरको उमेद्वार छान्न सकेको छैन् । माओवादी केन्द्र र राप्रपा नेपालले उमेदवार चयन गरेर प्रचार प्रसारका लागि सकेको भएपनि नेपाली कांग्रेस र नेकपा एमालेबाट चन्द्रपुर नगरको मेयरमा कस्लाई उठाउने भन्ने बिषयमा आन्तरिक बिवाद भएका कारण उमेदवार छनौटमा सकस परेको सम्बन्धीत पार्टीले जनाएका छन् ।

चन्द्रपुर नगरको मेयरमा नेपाली कांग्रेसमा धनलाल ठोकर र रामचन्द्र चौधरी बीचमा एक जनामा सहमती हुन नसकेका कारण उमेदवार चयन हुन नसकेको नेपाली कांग्रेसका जिल्ला सभापती कृष्ण प्रसाद यादवले बताए । चन्द्रपुरनगर समितिबाट धनलाल ठोकरको एकल नाम जिल्ला समितीमा पठाईएको छ ।
यता नेकपा एमालेमा समेत बाबुराम दाहाल र उद्धव रेग्मी बीचमा सहमती नहुँदा मेयरको उमेदवारको टुंगो लाग्न सकेको छैन् । नेकपा एमाले जिल्ला कमिटिले समेत बाबुराम दाहालको एकल नाम प्रदेश कमिटिमा पठाएको थियो ।
दुबै पार्टीले बुधबार सम्म मेयरको उमेदवारको टुंगो लगाउने बताएका छन् । चन्द्रपुर नगरपालिकामा माओवादी केन्द्रले भने उपमेयरको उमेदवार टुंगो लगाउन सकेको छैन् भने नेकपा एमाले र नेपाली कांग्रेसले उपमेयर टुंगो लगाई सकेका छन् ।








