धरानमा मेयर उम्मेदवार सुब्बाको घरमा बम विस्फोट

असार १२, धरान । नेकपा एमाले धरानका मेयरका प्रत्यासी तारा सुब्बाको घरमा बम विस्फोटन भएको छ । धरान ११ मंगलबारेमा विहान ७ बजेको समयमा अज्ञात समूले सुब्बाको घरको कोठेबारीमा सुतली बम विस्फोट गराएको इलाका प्रहरीका कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनको ४८ घण्टे मौन समयको समयमा गरिएको विस्फोट कसले र कुन प्रयोजनका लागि गरिएको भन्ने कुरा खुल्न सकेको छैन । विहानको समयमा उठेर हातमुख धुने क्रममा एक्कासी बम पड्कोको आवाज आएपछि हत्तार हत्तार बाहिर हेर्दा कोही मानिस नदेखिएको तर बम भने ठूलो आवाजमा विस्फोट भएको मेयरका प्रत्यासी तारा सुब्बाले बताउनु भयो ।
घट्नास्थल वरिपरि कसैले कुनै सांकेतिक पर्चा नछोडेका कारण बम कसले गराएको हो भन्ने कुरा खुल्न नसकेको डिएसपी खतिवडाले जानकारी दिनुभयो । विस्फोटन पश्चात धरानमा सुरक्षा सतर्कता बढाइएको छ । जनपथ, सशस्त्र प्रहरीसँग नेपाली सेना समेत परिचालन गरेको छ भने सुब्बाको घरमा समेत सुरक्षाकर्मीहरुहरुको उल्लेख्य उपस्थिति रहेको छ ।








