कैलालीको फुलबस्तिमा विष्फोट, एक जनाको मृत्यु
२०७६ चैत ९ गते

चैत्र ९, कैलाली । कैलालीको गोदावरी नगरपालिकामा विस्फोट भएको छ । नगरपालिकाको वडा नम्बर ४ फुलबस्तिमा पित्तलजस्तो देखिने बस्तु विस्फोट हुँदा ४० वर्षीय नरबहादुर बिकको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।
जंगलमा भेटिएको बस्तु आगोमा तताउँदा विस्फोट भएको र उक्त विष्फोटबाट विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनले प्रहरी टोली घटनास्थलतर्फ गइरहेकाले घटनाबारे थप विवरण आउने जानकारी दिएका छन् ।
२०७६ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








