कठ्यांग्रिएर विद्यार्थीकोे विजोग, भग्नावशेषसम्म हटाईएको छैन भुकम्पले भत्काएको विद्यालयमा

“
काठमाडौं, पस २ । चिसो बढेसंगै चुचुरेस्थित जट्टेश्वरी माविका विद्यार्थीले राम्ररी पढ्न पाउका छैनन् । उनीहरुको ध्यान पढाईभन्दा कक्षा कतिखेर सकिएला भन्नेतिरै हुन्छ । काठ र बाँसको चित्राले बारेको छाप्रोमा खिम्ती खोलाको स्याँठ सोझै भित्र आईपुग्छ । कति विद्यार्थीले त जाडो हुन्छ भन्दै विद्यालयनै आउन छाडिसके ।
थोरै घाम लागेपछि उनीहरु खुला चौरमा निस्कन्छन् । शिक्षक बालबालिकाको घेरमा पस्छन् अनि त्यहीँ पठनपाठन सुरु हुन्छ । घाम नलागे दिनभर छाप्रोमै काँपरिहनुको विकल्प छैन । भुकम्पले विद्यालय भवन भत्काईदिएपछि दुई बर्षयता यस्तै सकन भोग्न बाध्य छन् उनीहरु ।
दाताले आस देखायो तर घर बनाईदिएन, अभिभावक एवंम पुर्वप्राध्यापक श्रीराम कार्कीले भने, अरुलाई बनाउनउ नदिने आफु पनि काम नगर्ने भएपछि यो सकस्यमा देखिएको हो । जिल्लाका अन्य विद्यालय भवन धमाधम पुननिर्माण भईरहँदा उक्त विद्यालय भने भग्नावशेषसम्म हटाईएको छैन । जिल्ला शिक्षा र खनय निकायले बनाईदिएका अस्थायी अध्ययन केन्द्र भत्किईसकेका छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।
“








