बेलायती सेनाअध्यक्ष नेपालमा
२०७४ जेठ १५ गते

काठमाडौं, माघ २५ । बेलायती सेनाका सेनाअध्यक्ष नेपाल भ्रमणमा आएका छन् । पोखराको ब्रिटिस क्याम्पमा आयोजना हुने गोर्खा परेडमा भाग लिन बुधवार काठमाडौं आएका सेनाअध्यक्ष जनरल निकोलस प्याट्रिक कार्टरको माघ २९ मा स्वदेश फर्कने कार्यक्रम छ ।
नेपाल भ्रमणमा रहेका बेलायती सेनाअध्यक्ष कार्टरले बुधवार नै नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेका थिए । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भेटवार्तामा दुबै देशका सेनापतिबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

यसअघि जंगी अड्डा परिसरमा उनको सम्मानमा सैनिक टुकडीले सम्मान गारत अपर्ण गरेको थियोे । साथै, जंगी अड्डाभित्र उनलाई नेपाली सेना सम्बन्धि प्रस्तुतिकरण समेत दिइएको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








