न्युयोर्कमा विस्फोट गराउन खोज्ने बंगलादेशी युवाले ट्रम्पलाई चेतावनी !

मंसिर २७, काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित बस टर्मिनलमा बम विस्फोट गराउने बंगलादेशी युवकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएको खुलासा भएको छ ।

बम विस्फोट गराउनुपूर्व बंगलादेशी २७ बर्षीय युवक अकायद उल्लाहले फेसबुकमा राष्ट्रपति ट्रम्पलाई चेतावनी दिएको खुलेको हो ।

उनले फेसबुकमा ‘ट्रम्प आफ्नो देशको सुरक्षामा असफल भएको’ पोस्ट गरेका थिए । अमेरिकी अभियोजनकर्ताहरुले इस्लामिक स्टेट समूहको समर्थनमा ती युवकले बम विस्फोट गराएको दाबी गरेका छन् । विस्फोटमा अकायद उल्लाहसहित अन्य तीन जना घाइते भएका थिए ।

न्यूयोर्क पुलिस डिपार्टमेन्टले अकायद उल्लाहविरुद्ध हतियार राखेको, चरमपन्थी कारबाहीको समर्थन गरेको र आतंकवादी धम्की दिएको आरोप लगाइएको जनाएको छ ,।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =