चलचित्र ‘समर लभ’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)
२०७५ पुस २३ गते

पुस २३, काठमाडौँ । युवा पुस्तामाझ लोकप्रिय साहित्यकार तथा उपन्यासकार सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित चलचित्र ‘समर लभ’ को ट्रेलर सार्वजनिक भएको छ ।
सोमबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
null
चलचित्रमा अभिनेता आशीष पिया र अभिनेत्री रेवती क्षेत्री मुख्य भूमिकामा छन् । व्यवसायिक रुपमा सफल चलचित्र ‘नाइ न भन्नु ३’ मा उत्कृष्ट प्रदर्शन गरिसकेका निर्देशक मुस्कान ढकालको निर्देशन रहेको चलचित्रमा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतीक लगायतको पनि अभिनय रहेको छ।
विभिन्न कारणले प्रेममा आउने उतारचढावलाई चलचित्रमा देखाउन खोजिएको निर्देशक ढकाल बताए।
२०७५ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित








