‘नेपाल आईडल-टेक्सास टुर २०१९’ हुने

काठमाडौं, २४ चैत्र । नेपाली सङ्गीतको लोकप्रियतामा ईँट थप्न सफल ‘नेपाल आईडल’ दोश्रो संस्करणको बिजेता रवि ओड, बिक्रम बराल तथा सुमित पाठक सम्मिलित अमेरीका यात्रा हुने भएको छ ।
यही ११ मे शनिबार साँझ ७ बजे डालसस्थित ट्रिनिटी मिल्स रोड, करोलटन टेक्सासमा पहिलो साङ्गीतिक कार्यक्रम स्वरुप ‘नेपाल आईडल-टेक्सास टुर २०१९’ हुने भएको हो । शोको सञ्चालन नेपाल आईडलकी होष्ट तथा लोकप्रिय नायिका रिमा बिश्वकर्माले गर्नेछिन् ।
null
बाेधी एचडी तथा ८८४८ मिडिया हाउसकाे प्रस्तुतिमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (युलेस) मन्दिर तथा बौद्ध गुम्बा निर्माणको सहयोगार्थ हुने ‘नेपाल आईडल-टेक्सास टुर-२०१९’ डालससहित ३ शहरमा हुने कार्यक्रमको हामीले व्यापक तयारी थालेकाे ८८४८ मिडिया हाउसका अध्यक्ष तथा नेपाली चलचित्रका चर्चित निर्देशक नारायण पुरीले जानकारी दिए ।
‘अमेरीकास्थित हरेक नेपाली संघसंस्था तथा नेपालीहरुबीच विशेष उद्श्यसहितकाे साङ्गीतिक प्रस्तुतिलाई व्यापक सहभागीता सहितको सहयोगका लागि अपिल गर्दछौं’, निर्देशक पुरीले भने ।
डालसको साङ्गीतिक शो पछि १७ मे शुक्रबारका दिन टेक्ससको हस्टनमा दोश्रो तथा १८ मे शनिबारका दिन टेक्ससको अस्टिनमा तेश्रो शो सँगै टुर समापन हुनेछ ।








