‘नेपाल आईडल-टेक्सास टुर २०१९’ हुने

 

काठमाडौं, २४ चैत्र । नेपाली सङ्गीतको लोकप्रियतामा ईँट थप्न सफल ‘नेपाल आईडल’ दोश्रो संस्करणको बिजेता रवि ओड, बिक्रम बराल तथा सुमित पाठक सम्मिलित अमेरीका यात्रा हुने भएको छ । 

यही ११ मे शनिबार साँझ ७ बजे डालसस्थित ट्रिनिटी मिल्स रोड, करोलटन टेक्सासमा पहिलो साङ्गीतिक कार्यक्रम स्वरुप ‘नेपाल आईडल-टेक्सास टुर २०१९’ हुने भएको हो । शोको सञ्चालन नेपाल आईडलकी होष्ट तथा लोकप्रिय नायिका रिमा बिश्वकर्माले  गर्नेछिन् । 

null

बाेधी एचडी तथा ८८४८ मिडिया हाउसकाे प्रस्तुतिमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (युलेस) मन्दिर तथा बौद्ध गुम्बा निर्माणको सहयोगार्थ हुने ‘नेपाल आईडल-टेक्सास टुर-२०१९’ डालससहित ३ शहरमा हुने कार्यक्रमको हामीले व्यापक तयारी थालेकाे ८८४८ मिडिया हाउसका अध्यक्ष तथा नेपाली चलचित्रका चर्चित निर्देशक नारायण पुरीले जानकारी दिए । 

‘अमेरीकास्थित हरेक नेपाली संघसंस्था तथा नेपालीहरुबीच विशेष उद्श्यसहितकाे साङ्गीतिक प्रस्तुतिलाई व्यापक सहभागीता सहितको सहयोगका लागि अपिल गर्दछौं’, निर्देशक पुरीले भने । 

डालसको साङ्गीतिक शो पछि १७ मे शुक्रबारका दिन टेक्ससको हस्टनमा दोश्रो तथा १८ मे शनिबारका दिन टेक्ससको अस्टिनमा तेश्रो शो सँगै  टुर समापन हुनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eleven =