बाबुलाई हराएका फुयाँलले छोरालाई पनि हराए
२०७४ जेठ १५ गते

“
मंसिर २३, काठमाडौं । काठमाडौं–३ को प्रदेशसभा (ख)मा रामेश्वर फुयाँल ६७ मतले विजयी भएका छन् । फुयाँल ले १० हजार ८८६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका विमल ठकुरीले १० हजार ८१९ मत ल्याएका छन् ।
यसअघि काठमाडौँ–३ बाट संविधानसभा निर्वाचित फुयाँल यसपटक प्रदेशसभामा उठेका हुन् । प्रदेश (ख)मा भने कांग्रेसका छिरिङदोर्जे लामा ६४४८ मत ल्याएर निर्वाचित भइसकेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी विमल २०६४ सालमा काठमाडौं–३ बाट निर्वाचित सांसद चक्रप्रसाद ठकुरीका छोरा हुन् । चक्रले त्यतिबेला रामेश्वरलाई पराजित गरेका थिए । २०७० सालको निर्वाचन भने रामेश्वरले चक्रबहादुरलाई पराजित गर्दै जित हात पारे । चक्र ठकुरी ०७२ सालको भूकम्पमा परि रसुवामा दिवंगत भएका हुन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








