ऋचाको सिउँदोमा सिन्दुर टलक्कै
२०७६ मंसिर २४ गते

मंसिर २४, काठमाडौं । गएको शनिबार आफ्नो प्रेमी दिपेक्ष विक्रम राणासँग वैवाहिक बन्धनमा बाँधिएकी नायिका, माेडल तथा उद्घाेषक ऋचा शर्माले सिउँदोमा सिन्दुर भरिएको तस्विर सार्वजनिक गरेकी छिन् ।
मंगलबार बिहान उनले रातो पहिरनसँगै सिउँदोमा सिन्दुर भरिएको तस्विर सार्वजनिक गरेकी हुन् ।
शनिबार अभिनेत्री ऋचाले करिब दुई वर्षको प्रेमलाई विवाहमा परिणत गरेकी थिइन् । दिपेक्ष लबिम मलका म्यानेजर हुन् ।

उनीहरुले सिमित फिल्मकर्मी र परिवार बीच विवाह गरेपनि मिडिया, फिल्मकर्मी, साथीभाईका लागि मसिंर २६ बिहीबार ठमेलस्थित अलफ्ट होटलमा प्रितीभोज आयोजना गर्दैछन् ।
२०७६ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








