गोरखा–२ मा मतगणना स्थगित

मंसिर २२, गोरखा । गोरखा क्षेत्र नंं. २ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ । मुचोकको चतुरमाला माध्यामिक विद्यालयको केन्द्रमा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित भएको हो । यो क्षेत्रमा माओवादीका नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईवीच प्रतिस्पर्धा छ ।

नयाँ शक्ति पार्टीकाका संयोजक डा बाबुराम भट्टराई एक हजार ५९० मतले वाम गठबन्धनका उम्मेदवार नेकपा(माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठभन्दा अगाडि छन् ।

बाइस हजार ५६८ मतगणना हुँदा डा भट्टराईले ११ हजार ३४९ र श्रेष्ठले नौ हजार ७४९ मत ल्याएका छन् । गोरखा–२ का दुवै प्रदेशमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अघि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eight =