आफ्नो आकार आफै बदल्ने कार

टोक्यो । टोयोटा कम्पनिले आफ्नो आकार आफै परिवर्तन गर्ने कार प्रदर्शनीमा ल्याएको छ । जापानमा ‘टोक्यो मोटर शो’ आयोजना गरिएको छ । सो प्रदर्शनीमा अटो पार्ट मेकर टोयोटा गोसेईले ‘फ्लेश्बी’ नामक कार प्रदर्शनीमा सार्वजनिक गरे । एक सिटमात्र रहेको यो कारले आफ्नो आकार आफै बदल्छ ।

यो कारले स्पीड अनुसार आकार आफै परिवर्तन गर्ने कम्पनीले जनाएको छ । कम्पनिको दाबी छ की ‘फ्लेश्बी’मा ई–रबरको प्रयोग गरिएको छ र तीव्र गतिमा चलाउँदा बडीले आवश्यकता अनुसार आफै आफ्नो आकार बदल्छ ।

४५ औं संस्करणको यो प्रदर्शनीमा अटो मोबाइल क्षेत्रका नयाँ–नयाँ उत्पादनहरु छन् । टोक्यो मोटर शो छ नोभेम्बरसम्म चल्ने छ । अटोमोबाइलको क्षेत्रमा क्रियाशील विश्वका ठूला कम्पनिहरुले आफ्ना नयाँ उत्पादनहरु प्रदर्शनीमा राखेका छन् ।

प्रदर्शनीमा वन्डर क्याम्पसुल, ई–सर्वाइवर, कन्सेप्ट–आई, यामाहाको ‘मोटरआईडी’, एमडब्लूसी४ लगायतका कार प्रदर्शनीमा राखिएको छ ।

‘मोटरआईडी’ नामको मोटरसाइकलप्रति खास आकर्षण रहेको बताइएको छ । यस्तै, हेर्दा मोटरसाइकल जस्तै देखिने तर यसमा धेरै पांग्राहरु रहेको यामाहाको एमडब्लूसी–४ प्रति पनि ग्राहकको विशेष आकर्षण दिेखिएको छ । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *