रुकुम पूर्वमा प्रतिनिधिसभातर्फ वाम गठबन्धनकी उम्मेदवार विजयी

रुकुम, मंसिर २२ । रुकुम पूर्वमा प्रतिनिधिसभातर्फ वाम गठबन्धनकी उम्मेदवार कमला रोका विजयी हुनुभएको छ । माओवादी नेतृ रोकाले १०४३४ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशँकर घर्तीले ४४०६ मत प्राप्त गर्नुभएको छ । यस्तै नयाँ शक्तिका जितमान पुनले १४८९ मत ल्याउनुभएको छ । कुल खसेको १८११२ मतमध्ये १६४२४ सदर भएको र ११८८ बदर भएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 20 =