तातोपानी पिउनुहोस् र माेटाेपन घटाउनुहाेस्

 

असार २१ । पानी मानिसका लागि अत्यावश्यक कुरा हो । हाम्रो शरीरको अधिकांश हिस्सा नै पानीले ओगटेको हुन्छ । 

चिकित्सक, पोषणविज्ञ मात्र नभएर सौदन्य विज्ञ पनि एक वयस्क मान्छेले स्वस्थ रहनका लागि एक दिनमा ६–७ लिटर शुद्ध पानी पिउनु पर्ने सल्लाह दिन्छन् । चिसो र तातो दुवै प्रकारको पानी पिउने गरिन्छ । तर स्वास्थ्यका लागि भने तातोपानी उपयोगी हुने देखिएको छ । 

null

तातोपानी पिउँदा शरीर सुद्धीकरण हुनुका साथै चिसोबाट बचाउने, मोटोपन घटाउने लगायतका फाइदा हुन्छन् । 

पाचन प्रणाली सुधार्न 

तातो पानीले शरीरको शुद्धीकरण गर्छ । उमालेको पानी आफैँमा शुद्ध त हुन्छ नै यसले शरीरको पाचन प्रणालीलाई पनि नियमित गर्छ । यदि तपाईंको पाचन प्रणालीमा गडबडी छ भने दिनको दुईपटक तातो पानी पिउनुहोस् । 

बिहान उठ्नेबित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्त्वहरू मूत्रसँगै बाहिर जान्छन्, जसले पूरै रगत सफा पार्न मद्दत गर्छ । तातो पानीमा कागती र मह मिसाएर पिउँदा अझ बढी लाभदायी हुने बताइएको छ । 

शरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदि तपाईंले दिनहुँ बिहान कम्तिमा एक गिलास तातो पानी पिउनुभयो भने कब्जियतको समस्या दूर हुनेछ । 

मोटोपना नियन्त्रण 

बिहान वा खानापछि हरेकपटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउने गर्नुहोस् । यसले तपाईंको मोटोपना नियन्त्रणमा पनि सघाउ पुर्‍याउनेछ । कागतीमा हुने पेक्टिन फाइबरले भोक कम गर्छ । 

चिसोबाट सुरक्षा 

तातोपानीले चिसोबाट जोगाउँछ । घाँटी दुख्यो वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ । जब तपाईं कुनै तातो चिज खानुहुन्छ वा पिउनुहुन्छ शरीरबाट पसिना निस्कन थाल्छ । शरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना निस्केपछि तापक्रम घट्छ र शीतल हुन्छ । पसिनाले शरीरमा बढि भएको नुन बाहिर निकाल्छ र रगतको शुद्धीकरणामा सहयोग पूर्‍याउँछ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =