घुस लिएको आरोप लागेका दोलखाका प्रजिअ रिजाललाई हटाईयो
२०७६ मंसिर २० गते

मंसिर २०, दोलखा । बारम्बार घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई पदबाट हटाईएको छ ।
बिहिबार पत्रकार सम्मेलन गरी पीडितपक्षले बारम्बार घुस लिएको जानकारी गराएका थिए । उनलाई दोलखा प्रजिअबाट हटाइएपछी गृह मन्त्रालय तानिएको बताईएको छ ।
उनीमाथी मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानको ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङको २१ हजार
रकम घुस बापत लिएको आरोप छ ।
साथै उनले आफूले घुस लिएको कुरा बाहिरिने डरले उक्त रकम बिहीबार नै रकम फिर्ता गरेको बताईएको छ ।
रिजालले सार्वजनिक मुद्दा लागेका दुई वटा घटनाका अभियुक्तसँग घुस लिई सार्वजनिक मुद्दा नचलाउने निर्णय गरेका थिए ।
२०७६ मंसिर २० गते
प्रतिक्रिया
सम्बन्धित








