घुस लिएको आरोप लागेका दोलखाका प्रजिअ रिजाललाई हटाईयो

मंसिर २०, दोलखा । बारम्बार घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई पदबाट हटाईएको छ ।   

बिहिबार पत्रकार सम्मेलन गरी पीडितपक्षले बारम्बार घुस लिएको जानकारी गराएका थिए । उनलाई दोलखा प्रजिअबाट हटाइएपछी गृह मन्त्रालय तानिएको बताईएको छ ।   

उनीमाथी   मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानको ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङको २१ हजार   

रकम घुस बापत  लिएको आरोप छ ।   

साथै उनले आफूले घुस लिएको कुरा बाहिरिने डरले उक्त  रकम बिहीबार नै रकम फिर्ता गरेको बताईएको छ ।   

रिजालले  सार्वजनिक मुद्दा लागेका दुई वटा घटनाका अभियुक्तसँग घुस लिई सार्वजनिक मुद्दा नचलाउने निर्णय गरेका थिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =