सांग्रिला डेभलपमेन्ट बैंकको लघुुबित्त प्रशिक्षण

“
मंसिर १८, काठमाण्डौं । साँग्रिला डेभलमेन्ट बैंक लिमिटेडले आफ्ना लघुुबित्त बिभागका कर्मचारीहरुलाई एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोछ ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकको हालसम्मको प्रगती विवरण सहित बैंकले भविष्यमा अबलम्बन गर्ने योजना तथा रणनीतिको बारेमा बताएका थिए भने प्रशिक्षकद्धय झलेन्द्र भट्टराई तथा बैंकका कर्जा प्रमुुख निर्मल कुुमार श्रेष्ठले लघुुबित्त सम्बन्धी प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा बैंकको छ वटै शाखाहरुबाट लघुुबित्त विभागमा कार्यरत करिब १३ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
यस विकास बैंकले पोखरा, बाग्लुुङ्ग, तनहुुं, नवलपरासी, बर्दिया तथा ललितपुुरको ईमाडोल शाखाबाट करिब ३ हजार जना भन्दा बढि अति विपन्न परिवारका महिलाहरुलाई बिना धितो सामुुहिक जमानीमा कृषि, तरकारी तथा अन्य सामान्य जिवीकोपार्जन सम्बन्धी ब्यवसायको लागि लघुुबित्त कर्जा प्रवाह गर्दै आईरहेकोे छ ।
“








