कागले शरीरमा ठुँगेमा के हुन्छ ? यस्ता छन् कागबारे दुनियाँले मान्दै आएका ८ शुभ–अशुभ

कात्तिक १९, काठमाडौँ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरि पाँच दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ । 

हिन्दू धर्मावलम्बीहरुको अर्को महान पर्व बडादशैं सकिएको लगभग दुई सातापछि नै आउने तिहारको पहिलो दिनमा यमराजको दूत अर्थात् सन्देशवाहकका रुपमा कागलाई पूजा गरी खानेकुरा खुवाउने चलन छ । 

कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ । मानिसहरु ‘काग कराए अशुभ हुन्छ’ भनि सदियाँै देखि मान्दै आएका छन्। सत्यता कति छ त्यो फरक कुरा हो, तर काग कराउँदाको दिक्क लाग्दो आवाज भन्ने पक्का सुन्न मन लाग्दैन । 

null

काग कराएमा शुभ हुन्छ भन्ने अवस्था पनि चर्चित नै छन्। यस्ता छन्, कागसँग जोडिएका शुभ र अभु घटनाः 

मान्यता यो छ की, कागको हुल घरको छाना वा छतमा आएर झगडा गर्न लागे भने घरमालिकलाई कुनै संकट आउनेवाला छ । 

 

मुखमा खानेकुरा बोकेको काग देखिएमा शुभ मानिन्छ। कुनै ठुलो इच्छा पुरा हुने संकेत गर्छ। 

 

बाटोमा हिँड्दै गर्दा काग कुनै भाडाबाट पानी पिइरहेको देखिएमा शुभ मानिन्छ। धन लाभ हुन्छ अनि जुन कामको लागि हिडिएको थियो त्यो सफल हुन्छ। 

 

घरको छानामा दक्षिण तर्फ मुख गरेर काग कराएको छ भने अशुभ मानिन्छ । घरमा कुनै मृत्युतुल्य घटना हुने संकेत गर्छ । 

दिउँसोको १२ बजेभन्दा अघि रुखमा बसेको कागको स्वर पुर्व वा उत्तर दिशाबाट आएको छ भने शुभ मानिन्छ। यो स्त्री सुखको संकेत मानिन्छ । 

कागले शरीरमा ठुँगेमा शारिरीक र मानसिक पिडा हुने मान्यता छ । 

 

काग कसैको टाउको भन्दा माथी बसेको खण्डमा अशुभ मानिन्छ । धनको नोक्सानी र रोगको भय हुने मान्यता छ । 

बिहानीको समय काग उड्दै आएर खुट्टा छुन पुगे निकै शुभ मानिन्छ । जीवनमा उन्नती हुने र धन आर्जन हुने मान्यता छ । 

प्रतिक्रिया

2 thoughts on “कागले शरीरमा ठुँगेमा के हुन्छ ? यस्ता छन् कागबारे दुनियाँले मान्दै आएका ८ शुभ–अशुभ

  1. मलाइ काम गरिरहेकोबेलामा एक्कासि काग आएर ठूगेर गयो अब के हुन्छ

  2. आज दिनको करीब ६:३० मा “म” कुकुरलाई पानी खुवाइरहेको थिएँ त्यतिबेला अचानक पछाडिबाट काग उडेर मेरो टाउकोमा झम्टियो अब भन्नुहोस् यस्तो के को संकेत हो? जानकारी दिनुहुन्छ भन्ने मलाई बिश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =