गुडिरहेको पल्सर मोटरसाइकलमा आगो लाग्यो
२०७४ जेठ १५ गते

काठमाडौं, पुस २१ । काठमाडौंमा गुडिरहेको मोटरसाइकलमा एक्कासि आगो लागेको छ । भृकुटीमण्डप अगाडि बा ८३ प ९२९८ नम्बरको मोटरसाइकलमा आगो लागेको हो । गुडिरहेको मोटरसाइकलबाट धुँवा निस्केपछि सडकको छेउ लगाएलगत्तै आगो दन्केको चालक राजेन्द्र कँडेलले बताए ।
नवलपरासी जिल्लाको शिवमन्दिर –२, कावासोती घर भएका कँडेल बबरमहलतर्फ जाँदै गर्दा बाईकमा एक्कासी आगो लागेको थियो । 
२ सय २० सीसीको पल्सरमा लागेको आगो काठमाडौं महानगरपालिकको दमकलले निभाएको थियो । आगो के कारणले लागेको हो भन्ने थाहा हुन सकेको छैन । सडकमै मोटरसाइकलमा आगो लागेपछि एकछिन सवारी जाम भएको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








