काँग्रेस सभालाई लक्ष्य गरी बम विष्फोेट, सात घाइते

मङ्सिर १२, काठमाडाैं । नेपाली काँग्रेस दाङले तुल्सीपुरमा आयोजना गरेको चुनावी सभालाई लक्ष्य गरी केहीबेर अघि यहाँ बम विस्फोट गराइएको छ । काँग्रेसले आयोजना गरेको चुनावी सभास्थलदेखि करिब २०० मिटर टाढा बम विस्फोट भएको हो र यो विस्फोटमा परी सातजना घाइते भएका छन् । घाइते हुनेमा म्यादी प्रहरी विनोद चौधरी, स्थानीयवासी देवाकुमारी वि सी, जोनी वि सी, नेपबहादुर खत्री, हिमलाल रम्जाली, बोमराज सुनार र नरपनि बुढाथोकी रहेका छन् ।

घाइतेमध्ये म्यादी प्रहरी चौधरी र जोनीको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई एम्बुलेन्समा उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी नायब उपरीक्षक सुधिरजंग शाहीले जानकारी दिए । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायत नेता सभास्थल प्रवेश गरेपछि बम विस्फोट भएको थियो । प्रधानमन्त्रीलगायत काँग्रेस नेताहरू सभालाई सम्बोधन गरी अहिले दाङकै घोराहीमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न त्यसतर्फ जानुभएको शाहीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 5 =