वीरगन्जका व्यपारीहरुले बन्दको अवज्ञा गरेपछि

असार २, वीरगंज । सरकारी निर्णय आफूहरूलाई मान्य नहुने भन्दै आन्दोलन जारी राख्ने राजपाको बन्द अवज्ञा गर्दै वीरगन्ज बजार खुलेको छ। गत मंगलबार देखि आह्वान गरिएको चार दिने हड्ताल सरकारको पछिल्लो निर्णयले पनि फिर्ता नभएको राष्ट्रिय जनता पार्टीले दाबी गरेपनि व्यापारिको सक्रियतामा वीरगन्जका  पसल तथा बजारहरू शुक्रबार बिहानैदेखि स्वस्फुर्त खुलेका छन् ।

वीरगन्जका व्यपारीहरुले बन्दको अवज्ञा गरेपछि आन्दोलनकारीहरू सडकमा देखिएका छैनन् । वीरगन्जमा आज सार्वजनिक यातायातका सवारी साधनहरु पनि निर्वाध रुपमा चलेका छन् । बजार खुलेको र सार्वजनिक यातायातका सवारी साधनहरु सन्चालनमा आएपछि वीरगन्जमा चहल पहल पनि बढेको छ ।

‘तीन दिन त पसल बन्द गरेकै हो, अब कति दिन गर्ने ?’, वीरगन्ज माइस्थानका राजाबाबु गुप्ताले भने, ‘अब धेरै दिन पसल बन्द गर्न सकिदैन, किनकि बन्द हड्तालले कसैलाई फाइदा गर्दैन ।’

यसैबीच राजपाका महासचिव शिव पटेलले बन्द फिर्ता नभएको भन्दै पानी परेकोले कार्यकर्ता सडकमा नदेखिएको बताए । राजपालाई मनाउनकै लागि भनेर सरकारले प्रदेश नम्बर २ को निर्वाचन मिति सारेर असोज २ गतेलाई पुर्‍याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 18 =