राजपा नेता शरतसिंह भण्डारीको घरअगाडि बम विस्फोट

मंसिर १०, महोत्तरी । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको घरअगाडि बम विस्फोट भएको छ । भण्डारीको महोत्तरीस्थित औरहीमा निजी निवासअगाडि राती करिब २ बजे बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घरअगाडि रहेको पोखरीको डिलमा सो विस्फोट भएको र त्यसले कुनै किसिमको क्षति नभएको जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।

यता जिल्लाको हरेक स्थानको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी उपरीक्षक कडायतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =