ओखलढुंगामा रामहरि र यज्ञराजबीच कडा प्रतिस्पर्धा

मङ्सिर ६, ओखलढुंगा । अाेखलढुङ्गाकाे माहाेल दुई चर्चित युवा नेताबीचको प्रतिस्पर्धाका कारण तातेको छ । नेपाली काँग्रेसका रामहरि खतिवडा र नेकपा एमालेका यज्ञराज सुनुवारबीचको प्रतिस्पर्धाले माहाेल तातेकाे हाे ।

अाेखफढुङ्गामा पहिलो चरण अन्तर्गत मङ्सिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रचार प्रसार उत्कर्षमा पुगेको छ । दुवै नेता जिल्लामा लोकप्रिय रहेकाले कार्यकर्ताले पनि प्रचार–प्रसारलाई तीव्र बनाउँदै लगेका छन् । पार्टीका वरिष्ठ नेताहरूलाई नै जिल्लामा पुर्‍याएर आफ्नो लोकप्रियता केन्द्रमासमेत रहेको सङ्केत दुवै नेताले दिएका छन् ।

वाम गठबन्धनका उम्मेदवार सुनुवारले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खतिवडाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई ल्याएर सदरमुकाममा चुनावीसभा सम्पन्न गरिसकेका छन् ।

जिल्लादेखि केन्द्रसम्म राम्रो पहुँच बनाएका यी दुईबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुवै उम्मेदवारले मतदाता रिझाउन लोकप्रिय एजेन्डा अगाडि सारेका छन् । जिल्ला निर्वाचन कार्यालयले पनि निर्वाचनको अधिकांश तयारी पूरा भइसकेको जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत कैलाश केसीले मतपत्र, मतदान सामग्री, निर्वाचन सामग्री सदरमुकाम आइसकेको र मतपत्र सेटिङ गर्ने, प्याकेजिङ गर्ने काम भइसकेको बताए ।७ ओटा गाउँपालिका र एक नगरपालिका रहेको ओखलढुंगामा निर्वाचन सुरक्षाका लागि ५३७ जना म्यादी, ५५९ जना नेपाल प्रहरी र २३७ जना सशस्त्र प्रहरी गरी कुल १ हजार ३५३ जना सुरक्षाकर्मी खटाइने सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालले जानकारी दिए ।

उम्मेदवारहरुले प्रचार–प्रसारलाई तीव्र पारिरहँदा आचारसंहिता उल्लंघनका उजुरीहरु पनि आएका छन् । जिल्ला निर्वाचन अधिकारी अर्जुन राईले सामान्य प्रकृतिका आचारसंहिता उल्लंघनका उजुरी दर्ता भएको बताए । १ लाख २ हजार २५० मतदाता रहेको ओखलढुंगामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई सदस्यका लागि २२ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twenty =