प्रचण्डले छाेरालार्इ दिए दागवत्ती
२०७४ जेठ १५ गते

“
मङ्सिर ३, काठमाडौँ । माअावादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाेरा प्रकाश दाहालको पार्थिव शरीरमा दागवती दिएका छन् । प्रचण्ड पुत्र प्रकाशको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाँ शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
दाहालको हृदयाघातका कारण आज बिहान निधन भएको थियो । माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको हृदयाघातका कारण निधन भएको हाे । घरमै अचेत अवस्थामा भेटिएका उनलाई नर्भिक अस्पताल लगिएको थियो तर, चिकित्सकहरुले अस्पताल लाने बित्तिकै मृत घोषणा गरेका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








