उर्जामन्त्रीले बोल्दै गर्दा बत्ती गएपछि सांसदको प्रतिक्रियाः आजै गजब भयो !

 

साउन २३, काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाईँमन्त्री वर्षमान पुनले बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै गर्दा बत्ती गएपछि सांसदहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । 

मन्त्री पुनलाई प्रश्न सोध्ने क्रममा केही सांसदले देशको अवस्था उक्त संयोगले दशाएको प्रतिक्रिया राखे भने कसैले भने त्यसको बचाउ गर्दै संसदको बत्ती लोडसेडिङ कारण नभइ एमसिभी झरेर निभेको स्पष्टिकरण दिए । 

null

बैठकमा सुरुमै प्रश्न राखेका नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले विद्युतसँग सम्बन्धित मन्त्री बोल्दा संसदमा पटक–पटक बत्ती जानुले विद्युतको अस्तव्यवस्ता देखाएको बताए। उनले भने, ‘विद्युत आपूर्तिसँग सम्बन्धित कुरा उठिरहँदा संसदमा विद्युत आपूर्ति पटक–पटक बन्द हुनुले नै देखाउँछ। देशको विद्युत आपूर्तिको अस्तव्यस्तता कस्तो छ ?’ 

त्यस्तै अर्का सांसद कृष्णगोपाल श्रेष्ठले परिस्थितिले देशभरिको स्थिति जताइदिएको धारणा राखे । उनले भने, ‘आजै गजब भयो। विद्युत् र जलस्रोत मन्त्री बोलिरहँदा ठ्याक्कै बत्ती ठ्याक्कै निभ्यो। देशभरिको स्थितिका बारेमा संसदमार्फत् जानकारी दिइएको हुन सक्छ !’ 

अर्की सांसद लक्ष्मी परियारले सदनमा तस्बिर आफैं बोलेको बताइन्। उनले भनिन्, ‘धेरै ठाउँमा लेखेको देख्छु, तस्बिर आफैं बोल्छ नो क्याप्सन ! आज संसदमा तस्बिर आफैं बोलेको छ।’ 

यसैगरी सांसद पदम गिरीले यस्ता कुरामा अल्झँदा संसदको मर्यादा घट्ने बताए । उनले संसदको बत्ती लोडसेडिङ कारण नभइ एमसिभी झरेर निभेको स्पष्टिकरण दिए । ‘एमसिभी गिरेका कारण विद्युत आपूर्ति असहज भयो। तर, लोडसेडिङ भनेर कुरा उठाइयो। यस्ता हल्काफुल्का विषयले मर्यादा घटाउँछ।’ 

आजको संसद बैठकमा शून्य समयपछि सभामुख कृष्णबहादुर महराले विशेष समय शुरु भएको भन्दै सार्वजनिक महत्वका विषयमा बोल्नका लागि मन्त्री पुनलाई समय दिएका थिए । 

रोष्ट्रममा पुगेर मन्त्री पुनले आफ्नो कुरा सुरु गर्दै ‘माननीय सांसदहरुले विभिन्न जिल्लाका बाढी, डुबान, पहिरो त्यसैगरी विद्युत सप्लाइसम्बन्धी’ बत्ती गएको थियो । करिब एक मिनेटमा विद्युत आएपछि उनले हाँस्दै भने, ‘धन्यवाद, कमसेकम समयमै आयो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =