चुनावी सभालाई लक्षित गरी राखिएको बम सेनाद्वारा निष्क्रिय
२०७४ जेठ १५ गते

“
नेपाली सेनाका अनुसार सिलौटको कित्लीभित्र सुतली बम भेटिएको थियो । दुई पटकको प्रयास गरेपछि बम निष्क्रिय पारिएको श्रीजङ गणका प्रमुख सेनानी माधव थापाले जानकारी दिए । यसअघि आज बिहानै बेँसीशहर नजिकैको वनमा पनि बम पड्काइएको थियो । बिहान करिब ६ बजे चर्को आवाजमा बम पड्किएपछि सर्वसाधारण आतंकित भएका थिए ।
सदरमुकाम बेँसीशहरमा नेपाली काँग्रेसको आमसभा हुँदैछ । आमसभामा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले सम्बोधन गर्ने नेपाली काँग्रेस लमजुङले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








