नेपाल अफगानिस्तानसँग पराजित

मङ्सिर १, काठमाडाैं । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप अन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किन्नरारा ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानले २०.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

अफगानिस्तानलाई जितका लागि १० रन मात्र आवश्यक भएको बेला वर्षाका कारण खेल करिब दुई घण्टा स्थगित भएकाे थियाे । नेपालले पहिलाे व्याटिङ गर्दै सबै विकेट गुमाउँदै २८ ओभरमा १०३ रन मात्र बनायो । नेपालका लागि अनिल शाहले सर्वाधिक ५० रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजीब उर रहमान एक्लैले ६ विकेट लिए ।

अफगानिस्तानको जीतमा सुरुवाती ब्याट्सम्यान रमानुल्लाह गुर्वाजले सर्वाधिक ७१, इक्रम अलिले १८, इब्राहिम अलि खिलले १८ तथा दरबिस अब्दुल रसुल १२ रनमा अविजित रहे ।

नेपालका कमलसिंह ऐरी, पवन सर्राफ र सन्दिप लामिछानेले एक–एक विकेट लिए । फाइनलमा अफगानिस्तानले आइतबार पाकिस्तानको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 18 =