विश्वका ५२ मुलुकमा करिब २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित : डब्लुएचओ

जेनेभा । कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण विश्वका ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।   

डब्लुएचओको दैनिक रिपोर्टअनुसार कोभिड–१९ का कारण २२ हजार ७३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । गत बुधबारसम्मको प्रतिवेदनबारे जानकारी दिँदै अधिकारीहरुले सङ्क्रमित स्वास्थ्यकर्मीको तथ्याङ्कलाई व्यवस्थित गर्न नसकिएको तर डब्लुएचओले प्राप्त गरेको तथ्याङ्कमा २२ हजार ७३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएको बताएका छन् ।   

प्रारम्भिक तथ्याङकले अधिकांश स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण विरामीलाई उपचार सेवा दिने क्रममा भएको देखाएको छ । सङ्क्रमित विरामीसँग चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले अपनाउनु पर्ने सावधानीका बावजुद् पनि उनीहरू सङ्क्रमित भएका तथ्यहरू भेटिएको डब्लुएचओले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *