मलेसियाबाट ३५ लाख ७१ हजार सहयोग जुट्यो– सिताराम कट्टेल

माघ २९, काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मलेसियाबाट ३५ लाख ७१ हजार सहयोग संकलन भएको छ । 

मलेसियामा आयोजित ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ कार्यक्रमबाट २० लाख ७१ हजार र आयोजक सिटी एक्सप्रेसको तर्फबाट १५ लाख थप गरी जम्मा ३५ लाख ७१ हजार ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणलाई सहयोग प्राप्त भएको हो । 

सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ सुरुवाती दिनमा नितान्त मनोरञ्जनात्मक कार्यक्रमको रुपमा परिकल्पना गरिएकोमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ घोषणा गरे पश्चात् रङ्गशाला निर्माणकै सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएको धुर्मुस (सिताराम कट्टेल) ले जानकारी दिएका छन् । 

null

‘मलेसियाका तीन वटा शहरहरु क्वालालम्पुर, जोहोर बाह्रु र पेनाङमा अत्यन्तै सफलतापूर्वक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्यो भन्दा बढी स्वः स्पूर्त तिनवटै कार्यक्रममा रङ्गशाला निर्माण अभियानलाई आफूले सकेको सहयोग पनि खुलेर गर्नुभयो’, धुर्मुसले भने । सिताराम कट्टेलले सामाजिक सञ्जाल मार्फत् मलेसियामा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगले आफूहरु हर्षित भएको बताएका छन् । 

‘स्वदेश तथा बिदेशबाट हरेक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले दिनुभएको आर्शिवादले निकै ठुलो आँट, हिम्मत र हौसला मिलेको छ । सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सकारात्मक ढंगले यो अभियानमा यसरीनै सहयोग गरिदिनुहुन अनुरोध पनि गर्दछौं’, धुर्मुसले फेसबुकमा लेखेका छन्, ‘साथै मलेसियाको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्ने सिटी एक्सप्रेस मनि ट्रान्सफरलाई धेरै धेरै धन्यवाद एवम् आभार व्यक्त गर्न चाहान्छौं ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =