कार्यदल विघटनप्रति योगेश भट्टराईको आपत्ति

फागुन १०, काठमाडौं । पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न गठित कार्य दल विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले आपत्ति जनाएका छन् ।  

शुक्रबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता भट्टराईले पार्टी स्थायी समितिले बनाएको कार्य दल विधान विपरित सचिवालय बैठकले विघटन गरेको तर्क पनि गरे । भट्टराईले उक्त कार्य दललाई कार्य दलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेलले काम गर्न नदिएको आरोप लगाए । 

 

null

पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न स्थायी समितिद्वारा गठित कार्य दलका सदस्य समेत रहेका नेता भट्टराई सचिवालय बैठकको सो निर्णय दूर्भाग्यपूर्ण रहेको दावी गर्दै आपत्ति जनाए । 

‘पौष १३ गते बसेको स्थायी कमिटि बैठकले पार्टी एकीकरणको प्रस्ताब तयार गर्न गठन भएको कार्यदललाई आज पार्टी केन्द्रिय सचिवालयले विघटन गर्यो भन्ने सुनेका छौं, यो दुर्भाग्यपूर्ण निर्णय हो ।’ भट्टराईले भने । 

उनले पार्टी सचिवालयको शुक्रबार बिहान बसेको बैठकको सो सम्बन्धी निर्णय विधान विपरित रहेको र त्यसले कार्य दलले काम गर्न सके नसकेको सही समीक्षा गर्न नसकेको आरोपसमेत लगाए ।  

गत पुस १३ गतेको पार्टी स्थायी समिति बैठकले पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न सचिवालयका सदस्य थापा नेतृत्वको कार्य दल गठन गरेको थियो । कार्यदलमा संयोजक थापासहित सदस्यमा महासचिव विष्णु पौडेल, शङ्कर पोख्रेल, रघुवीर महासेठ, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र वेदुराम भुसाल रहेका थिए ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *