पेस्तोलसहित दुई भारतीय पक्राउ
मकालु खबर
२०७४ जेठ १५ गते
“काठमाडौँ, कात्तिक १५ । राजधानीको कमलादीमा गोली चलाउने समूहका दुई भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख रवीन्द्रकुमार धानुकले एक थान पेस्तोल र ५१ थान गोलीसहित दुई जनालाई कमलादीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानबाट सामान्य झगडामा उनीहरुले तर्साउनका लागि गोली चलाएको देखिएको तर कसैलाई गोली नलागेको उहाँले बताउनुभयो ।
उनीहरु के प्रयोजनका लागि हतियार लिएर हिँडेका थिए भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित