पेस्तोलसहित दुई भारतीय पक्राउ

काठमाडौँ,  कात्तिक  १५ । राजधानीको कमलादीमा गोली चलाउने समूहका दुई भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख रवीन्द्रकुमार धानुकले एक थान पेस्तोल र ५१ थान गोलीसहित दुई जनालाई कमलादीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानबाट सामान्य झगडामा उनीहरुले तर्साउनका लागि गोली चलाएको देखिएको तर कसैलाई गोली नलागेको उहाँले बताउनुभयो ।

उनीहरु के प्रयोजनका लागि हतियार लिएर हिँडेका थिए भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *